Monday, November 27, 2017

पति वियोगमा परेकी स्वेतामाथी फेरी थपियो अर्को पिडा

Apeal shrestha | November 27, 2017 |
शनिबार मात्रै श्वेता खड्काले मिडियामाझ बोलिन्, ‘म ‘कृ’सँग भिड्न आएको होइन, उहाँहरु हामीले पहिले नै तोकेको मितिमा भिड्न आउनु भएको हो, ‘कान्छी’ रिलिज सर्नेमा सोच्न पनि सक्दिन् ।’ उनको यो भनाइबाट अब करिब करिब उल्लेखित दुई फिल्म भिड्ने पक्का जस्तै भएको छ ।त्यसो त बारबार रिलिज तोकेर आउन नसकेको ‘कृ’ निर्माण टिम पनि आफुहरु माघ २६ लाइ ‘लक’ गरिएको रिलिज मिति अन्तिम भन्दै अब तलमाथी नहुने बोल्दै गर्दा यी दुई फिल्म एकसाथ प्रदर्शनमा आउने पक्का जस्तै भएको छ । जुन कुराले रोचकता कतिमा थपेको छ त कतिलाई दुःखित पनि बनाएको छ । विभाजित हुने फ्यानहरुको सामाजिक सञ्जालमा भोलीको दिनमा आउनसक्ने दोषारोपण त छ नै दुबैलाई खोज्ने र रोज्नेहरु अर्को तर्फ चिन्तित हुनेमा शंका छैन् ।श्वेता खड्का, पति श्रीकृष्ण श्रेष्ठसँग पछिल्लो पटक ‘कोहिनुर’ मार्फत पर्दामा आएकी थिईन् । जुन समयमा नै पति दिवंगत बनेपछि पीडामा परिन् । फिल्मलाई दर्शकले उल्लेख्य साथ दिए । श्वेताको नाममा सहानुभुती त रह्यो नै त्योमाथी उनको दर्शकको मन जित्ने अभिनय कलाले पनि ध्यान आकृष्ट गर्यो फिल्मले करोडौं विजनेस गर्यो ।त्यसयता पर्दामा नआएकी श्वेतालाई हलको पर्दामा देख्न चाहने धेरै छन्, उनको फिल्म पर्खिने धेरै छन् । त्यसैले त उनले ‘कान्छी’ रिलिज तय गर्दा उक्त मितिमा रिलिज तोक्न केहि ठुला फिल्महरुले आँट गरेनन् । जुन कुराले नै ‘कान्छी’ हर कोणबाट यो वर्षको प्रतिक्षित फिल्म मध्येको एक हो भन्नेमा दुई मत देखिँदैन् । श्वेता यो फिल्मकी अभिनेत्री मात्रै होइनन् निर्मात्री पनि हुन् ।अर्को तर्फ यो बर्षको सर्वाधिक प्रतिक्षाको फिल्म ‘कृ’ हो । युवा स्टार अनमोल केसीको यो फिल्म निर्माण घोषणा देखि चर्चामा छ । ‘कृ’ को फर्स्टलुक पोस्टर रिलिजपछि दर्शक तथा फिल्मकर्मीमा समेत थप कौतुहलता थपिएको छ । यतिबेला ट्रेलर रिलिजको तयारी हुँदै गर्दा फिल्मले रिलिजपछि गर्नसक्ने विजनेसको बारेमा समेत अनुमान लगाउन सुरु भइसकेको छ ।

स्टारडम, फ्यान फलोइङः
‘कान्छी’मा श्वेता खड्का र दयाहाङ राइ लिड रोलमा छन् । सामाजिक सञ्जालको हिसाब निकाल्ने हो भने यी दुईको फ्यान फलोइङलाई अनमोल केसी र ‘कृ’ लिडिङ गर्ल अदिती बुढाथोकीले माथ माथ हान्छन् । सोसियल मिडियामा नेपालबाट उच्च फ्यान कमाएका नाम हुन् अनमोल र अदिती यसको प्रभाव पनि पर्दामा जमाउने सोचमा निर्माण टिम छ भने स्टारडमको कुरा गर्दा अनमोलको मार्केट यतिबेला ५० लाखसम्म पुगेको छ । केहि निर्माता निर्देशकहरु उनलाई लिन चाहेको खण्डमा अहिले नै ५० लाख दिएर आफ्नो फिल्ममा अनुबन्ध गर्न आतुर छन् ।
अर्को तर्फ दयाहाङ राइको मार्केट ‘भ्याल्यू’ यतिबेला अनमोललाई दिन तयार भएको रेट भन्दा चार गुणा कम हो । जसबाट नै अनमोलको स्टारडम ‘हाइ’ भएको प्रमाणित हुन्छ । यो पनि भनौं नेपालमा सबैभन्दा बिक्ने नाम अनमोल केसी नै हो जसको नाम जोडिँदा नै फिल्मले हिट खाएका छन्, दयाहाङमा यो कुरा लागु हुँदैन् ।
हाइपः

‘कान्छी’को पहिलो गीत रिलिजबाट हाइप सुरु भयो जहाँ अनमोलको फिल्मले निर्माण घोषणादेखि नै आफुलाई प्रतिक्षित बनाउँदै आएको छ । यतिबेला ‘कान्छी’को केहि हप्ता पहिले गीतले युट्युवमा दर्शकबाट राम्रै साथ पाइरहेको छ धेरैको मनमा बसेको छ तर ‘कृ’को ट्रेलर, गीत केहि रिलिज नभइसक्दा नै कान्छी गीतको भन्दा माथी हाइपको चर्चा मार्केटमा छ । पोस्टर रिलिजबाट तत्कालिन हाइपलाई दोब्बर पारेको फिल्मको ट्रेलर नै यतिबेला सर्वाधिक प्रतिक्षामा छ ।

सफलताको कारक दर्शकः

हो, दुबै फिल्म प्रतिक्षित छन् । दर्शकले पर्खेर बसेका फिल्म एकसाथ प्रदर्शनमा आउँदा नाफा घाटा दुबै फिल्मलाई हुनेमा शंका छैन् । राम्रा भनिएका अनि आशा गरिएका फिल्म एक आपसमा भिडेका नेपाली तथा वलिउड फिल्मलाई नजर अन्दाज गर्ने हो भने पनि इनिसियल विजनेस एउटाको भए पनि फिल्म उत्कृष्ट बन्न नसकेमा त्यसको प्रभाव रिलिजको तेस्रो दिनबाट पर्ने देखिन्छ ।रिलिज पहिले निर्माण टिमले जति नै दाबी गरेपनि त्यसको ‘जजमेन्ट’ अन्ततः पर्दामा आएपछि दर्शकबाट सुरु हुन्छ । यो कुरा पनि दुबै फिल्ममा लागु हुनेछ । इनिसियल विजनेसमा दर्शक बाडिँदा, हलमा पर्दा बाडिँदा व्यापारको नाफा घाटा सुरुमा नै हुनेछ, असर दुबैलाई पर्नेछ । तर उत्कृष्ट बनेको फिल्मले अन्ततः आफ्नो ‘वे’ समाउन सक्छ, अघि बढ्न सक्छ । यसको उदाहरण पछिल्ला वलिउड रिलिज फिल्म ‘दिलवाले’ भर्सेज ‘वाजिराव मस्तानी’ र ‘रइस’ भर्सेज ‘काबिल’ हुन् । जहाँ इनिसियल विजनेसमा कमाल गर्न खोजेपनि शाहरुख खानको दमदार स्टारडमलाई अन्य फिल्मले धावा बोलेका थिए ।रिलिज पहिले निर्माण टिमले जति नै दाबी गरेपनि त्यसको ‘जजमेन्ट’ अन्ततः पर्दामा आएपछि दर्शकबाट सुरु हुन्छ । यो कुरा पनि दुबै फिल्ममा लागु हुनेछ । इनिसियल विजनेसमा दर्शक बाडिँदा, हलमा पर्दा बाडिँदा व्यापारको नाफा घाटा सुरुमा नै हुनेछ, असर दुबैलाई पर्नेछ । तर उत्कृष्ट बनेको फिल्मले अन्ततः आफ्नो ‘वे’ समाउन सक्छ, अघि बढ्न सक्छ । यसको उदाहरण पछिल्ला वलिउड रिलिज फिल्म ‘दिलवाले’ भर्सेज ‘वाजिराव मस्तानी’ र ‘रइस’ भर्सेज ‘काबिल’ हुन् । जहाँ इनिसियल विजनेसमा कमाल गर्न खोजेपनि शाहरुख खानको दमदार स्टारडमलाई अन्य फिल्मले धावा बोलेका थिए /
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NAYA NEPAL
Distributed By My Blogger Themes | Template Design By BTDesigner