Tuesday, November 28, 2017

त्रिशुलीमा बस खस्दा ६ को मृत्यु २० घाइते

Apeal shrestha | November 28, 2017 |
काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको बस यात्रुबाहक त्रिशुली नदीमा खसेको छ । आज लु २ ख २९१ नम्बरको यात्रुबाहक बस फिस्लिङनजिकै रहेको चुम्लिङटार क्षेत्रमा दुर्घटनामा परेको हो ।

प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा परी घटनामा ६ जनाको मृत्यु भएको छ । अहिले १० जनाको उद्धार गरिसकिएको छ ।

प्रहरीका अनुसार ट्रकले ठक्कर दिँदा बस दुर्घटनामा परेको बताइएको छ । बस नदीमा खसे पनि डुबिनसकेको र बाँकीको उद्धार भइरहेको पनि प्रहरीले जनाएको छ । अहिले थप प्रहरी घटनासस्थलतर्फ परिचानल गरिएको बताइएको छ ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NAYA NEPAL
Distributed By My Blogger Themes | Template Design By BTDesigner