हुम्लाको सिमकोट विमानस्थलमा तारा एयरलाइन्सको विमान दुर्घटना भएको छ।
कल साइन ९ एनएबिएम विमान हुम्लाबाट सुर्खेतको उडान भर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी कमल प्रसाद नेपालले जानकारी दिए। विमानको टायर पञ्चर भएका कारण दुर्घटना भएको बताइएको छ।
उनका अनुसार विमान चालक, एयरहोस्टेस, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी चार जना घाइते भएका छन्। घाइतेको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ। अहिले उद्धारका लागि नेपाली सेनाको टोली पुगेको छ।
विमान धावनमार्गबाट चिप्लिएको थियो। विमानको अगाडिको भागमा क्षति पुगेको छ।
Monday, November 27, 2017
Browse » Home » » हुम्लामा तारा एयरको विमान दुर्घटना, चालकसहित चार जना घाइते
हुम्लामा तारा एयरको विमान दुर्घटना, चालकसहित चार जना घाइते
Apeal shrestha | November 27, 2017 |
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment