Thursday, November 2, 2017

देउवाको निर्देशनपछि १२ घण्टा नवित्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

Apeal shrestha | November 02, 2017 |
नेपाल आयल निगमले १२ घण्टा नवित्दै पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएपछि निगमले मूल्यवृद्धि फिर्ता लिएको हो।

बुधवार राती १२ बजेबाट लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो। तर चुनावको मुखैमा मूल्यवृद्धि भएको भन्दै आक्रोशित बनेका देउवाले मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएका थिए। देउवाको निर्देशन पाउने वित्तिकै निगमले मूल्यवृद्धि फिर्ता लिएको हो। अब यसअघिकै मूल्यमा पेट्रोलियम पदार्थको कारोबार हुने निगमले जनाएको छ।

निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ भाउ बढाएको थियो।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NAYA NEPAL
Distributed By My Blogger Themes | Template Design By BTDesigner