केही दिन अघि मकवानपुरको गोगने ५, चौकीटारकी चौध वर्षिया बालिका रुपा गुरुङ (नाम परिवर्तन) को विवाहको मिति टुङ्गियो। धादिङ जिल्लाका पच्चीस वर्षिय युवक जन्तीसहित बालिकालाई विवाह गरी लैजान उनको घरमा आए। एकातिर विवाहका लागि मण्डप तयार थियो, अर्कोतिर विवाहमा आउनेहरूका लागि भोज तयार हुँदै थियो।बेहुला पक्षका आफन्त दुलही लैजान आतुर देखिन्थे भने केटीका बाबुआमा पनि छोरीलाई विवाह गरी पठाएर ढुक्क हुने सोचमा थिए।तर न कसैले दुलही पाए न कसैले ज्वाँई । स्थानीय सामाजिक अभियन्ताहरूले बालिकाको अभिभावकले जबरजस्ती गरिदिन लागेको विवाह रोकिदिएपछि विवाहघरबाट न दुलही अन्मिनइन्, न त विवाहको भोज नै कसैले खान पाए।स्थानीय विद्यालयमा ८ कक्षामा पढ्दै गरेकी बालिकाको विवाह हुँदैछ भन्ने थाहा पाएपछि हत्त न पत्त पुगेका सामाजिक अभियन्ताहरूले विवाहमात्र रोकेनन्, आगामी दिनमा उमेर नपुगी विवाह गरेमा सामाजिक कारवाही गर्ने चेतावनी समेत दिए।
केटापक्षका केही आफन्त र केही स्थानीयको उपस्थितिमा गाउँमा खासै जानकारी नदिई हुन लागिरहेको विवाह स्थानीय बाल संरक्षण समिति गोगनेको अगुवाईमा रोकिएको होकेटा र केटी पक्षका बीचमा कुरा छिनोफानो गरेर तीन–चार दिनकै बीचमा विवाहको तयारी गरिएको थियो । विवाहको कुरा छिनिएपछि तनावमा रहेकी बालिकाले कसैलाई आफ्नो विवाह हुँदैछ भन्ने कुरा गरिनन् विद्यालयका एक जना शिक्षकले बालिकालाई तनावको अवस्थामा भेटाएपछि घरबाट जबरजस्ती विवाह गरिदिन लागेको थाहा भएको थियो ।उमेरै नपुगी विवाह नगर्नका लागि बालिकाको अभिभावकलाई आग्रह गर्दा पनि आफ्नो छोरीको विवाह गर्न अरुले सिकाई रहनु नपर्ने जवाफ फर्काएका थिए । शिक्षकमार्फत बाल संरक्षणका क्षेत्रमा क्रियाशील बालसंरक्षण समितिमा कुरा पुग्यो र रातारात बनाइएको योजना असफल भयो।
आफ्नो विवाह रोकिएपछि बालिका दङ्ग छिन् भने सामाजिक अभियानमा लागेका अभियन्ता पनि खुसी छन् । ‘विवाह गर्दिन भन्दाभन्दै जसरी पनि विवाह गर्न घरबाट दबाब आयो।’ बालिकाले भनिन्,‘कलिलै उमेरमा विवाह हुन लागेकाले भविष्य के हुने हो भन्ने चिन्ताले न राम्ररी खान मन लागेको थियो न निदाउँन नै सकेको थिए ।’उमेर नपुगी विवाह नगरिदिन आफ्ना बाबुआमा सहमत बनेकोमा खुसी लागेको उनले बताइन् । ‘अब उमेर पुगेमात्र विवाह गर्ने कुरा बाबुआमाले बुझ्नु भयो, यसैमा म खुसी छु । ’ उनले भनिन् ।बाल संरक्षण समिति गोगनेका अध्यक्ष रामबहादुर थिङ्ले गाउँमा बालबालिकाको सवालमा रहेर काम गर्ने आफूहरूको अभियान भएकाले बाल विवाह रोक्नु आफ्नो जिम्मेवारी भएको बताए ।बाल विवाह लगायत बालबालिकाको संरक्षणका सवालमा हामी काम गर्ने गर्छौं। ’ उनले भने, ‘कहिलेकाँही हाम्रो अभियान सार्थक बन्दा खुसी लाग्दो रहेछ ।
Friday, November 3, 2017
Browse » Home » » मकवानपुर बाट आयो सुन्दै अचम्म लाग्ने यस्तो खबर-
मकवानपुर बाट आयो सुन्दै अचम्म लाग्ने यस्तो खबर-
Apeal shrestha | November 03, 2017 |
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment