काठमाडौँ। चुनावमा पहिलो हुने नहुने नतिजाले देखाउला तर उम्मेदवारी दर्ता गर्ने काममा भने विवेकशील साझा पार्टीका उम्मेदवार रविन्द्र मिश्र पहिलो भए । उनले आज बिहान काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ का लागि मनोनयन दर्ता गराएका छन्। आज विहान काठमाडौँको भृकुटीमण्डपस्थित सभागृहमा पुगेर मिश्रले विवेकशील साझा पार्टीबाट मनोनयन दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि तपाईको मुख्य एजेण्डा के ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मिश्रले भने, ‘हामै जीवन कालमा देशको विकास गराउनु मेरो मुख्य एजेण्डा हो।’ पार्टीको आग्रह अनुसार र काठमाडौँको अस्तव्यस्त वातावरणलाई सुधार गर्न आफूले काठमाडौँबाटै उम्मेद्वारी गराएको उनको तर्क थियो।
निर्वाचनमा तपाईलाई जित्छु भन्ने कत्तिको विश्वास छ ? भन्ने सञ्चारकर्मीको अर्को प्रश्नमा उनले भने, ‘आफूले निर्वाचन जित्नेमा दश प्रतिशन विश्वस्त छु, किनकि पुराना राजनीतिक व्यक्तिबाट जनता निरास भएकाले उहाँहरुको आशाको किरण बनेर म निर्वाचनमा उभिएकाले चुनाव जित्नेमा केही विश्वस्त छु ।’ देशको विकासका लागि आफ्नो भन्दा राम्रो व्यक्तिलाई चिनेर भोट दिन पनि उनले सबैमा आग्रह गरे।
‘हामै जीवन कालमा देशको विकास गर्नु हाम्रो मुख्य एजेण्डा हो’ उनले भने ‘पार्टीको आग्रह अनुसार म काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दर्ता गराएको छु ।’ राजनीतिक अस्थिरताका कारण जनता निरास भइसकेका कारण यसपटक जनताले आफूलाई विश्वास गर्ने उनले बताए ।
Wednesday, November 1, 2017
Browse » Home » » उम्मेदवारी दर्ता गराउनेमा ‘फर्स्ट’ भएपछि यसो भने रविन्द्र मिश्रले
उम्मेदवारी दर्ता गराउनेमा ‘फर्स्ट’ भएपछि यसो भने रविन्द्र मिश्रले
Apeal shrestha | November 01, 2017 |
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment