Friday, November 17, 2017

कक्षा ५ मा अध्ययनरत १० वर्षीय बालकलको यस्तो छ मर्मस्पर्शी सुसाइड नोट,अनि आत्महत्या (सुसाइड नोट सहित)

Apeal shrestha | November 17, 2017 |
एक पाँच कक्षामा पढ्दै गरेका मात्र १० वर्षीय बालकले आफ्नी शिक्षिकाको यातना सहन नसकेपछि विष खाएर आत्महत्या गरेका हुन् । विद्यालयबाट परीक्षा दिएर घर फर्किएपछि उनले यस्तो कदम उठाएका थिए ।

उनको मृत्यु भइसकेपछि बाबुआमाले उनी पढ्ने कोठाको टेबलमा एउटा सुसाइड नोट भेट्टाएका थिए । उक्त सुसाइड नोटमा यस्तो लेखिएको थियो, ‘आज मेरो परीक्षा थियो मैले राम्रो गरेँ तरपनि मेरी क्लास टिचरले मलाई धेरै रुवाउनुभयो । उहाँले मलाई तीन पिरियडसम्म उभ्भाएर राख्नुभयो । तिनीहरु नराम्रा छन् म्याम तिनको कुरामा कहिल्यै विश्वास नगर्नुहोस् । मेरो केही गल्ती थिएन तरपनि अरुको कुरा सुनेको भरमा तपाईले मलाई त्यसरी सजायँ दिनुभयो । तपाईले धेरैपटक मलाई यस्तो गरिसक्नु भएको छ । त्यसकारण अब मैले सोचिसकेको छु कि म मर्न जाँदैछु । म्याम अबदेखि अरु कुनै विद्यार्थीलाई यस्तो कहिल्यै नगर्नुस् है । बाई बाई ममी , ड्याडी र दिदी । ’



उनको यस्तो मार्मिक सुसाइड नोट देखेपछि उनका आमाबाबुको मनमा ठूलो चोट पुगेको छ । यसपछि उनका परिवारले दोषी शिक्षिकाको विरुद्ध मुद्दा हालेका थिए । ससाना बालबालिकालाई असह्य मानसिक र शरीरिक यातना दिएकोमा उनलाई प्रहरीले पक्राउ गरेको हो । विद्यालयबाट निराश भएर फर्किएपछि विषालु पदार्थ सेवन गरेका ती बालकको अस्पतालमा मृत्यु भएको थियो । तर पक्राउ परेपनि अरु ठोस प्रमाण नपाएपछि उनी जेलबाट केही दिनमै छुटेकी थिइन् जसकारण उनका परिवारले आफ्नो छोराले न्याय नपाएको मृत बालककी आमाका अनुसार यसअघि पनि एकपटक तिनै शिक्षिकाले छोराको कान निमोठेर रगत नै निस्किएको थियो । छोराले घर आएर सो कुरा भनेपछि उनीहरुले प्राध्यपकसँग गुनासो गरेकी थिइन् । तर आफूले बारम्बार यसबारेमा स्कुलमा कुरा गरेपनि प्राध्यापकले ‘तपाईको बच्चालाई कसैले चलाएको छैन । उसको कान पहिलै खराब थियो एकपटक जाँच गराउनुहोस् ’ भन्ने रुष्ट जवाफ दिएका थिए । यस घटनाप्रति राम्रोसँग ध्यान नदिएकाले आज आफ्नो छोराको यस्तो गति भएको भन्दै उनकी आमाले आँसु झारेकी हुन् ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NAYA NEPAL
Distributed By My Blogger Themes | Template Design By BTDesigner