Friday, November 17, 2017

मंगल ग्रहमा भएजस्तै तलाउ पृथ्वीमा भेटियो, पानीमा छ यस्तो ‘जादू’

Apeal shrestha | November 17, 2017 |
वैज्ञानिकहरुले मंगल ग्रहको जमिनमा देखिएका तलाउमा भएको पानीमा निकै चमत्कारी शक्तिहरु भएको बताएका छन् । यो पानीमा निकै शक्तिहरु भए पनि अहिलेसम्म यो पानीलाई पृथ्वीमा ल्याइ पूर्ण रुपमा परीक्षण गर्न सकिएको छैन । यही क्रममा बैज्ञानिकहरुले मंगल ग्रहमा भएका तलाउजस्तै चमत्कारी तलाउ पृथ्वीमै भएको दावी गरेका छन् ।

क्यानडामा भएको ‘द स्पटेड लेक’लाई मंगलग्रहमा पाइने ‘मार्टियन लेक’जस्तै चमत्कारी भएको बैज्ञानिकहरुले दावी गरेका छन् । हालै गरिएको एउटा अनुसन्धानबाट यो पानीमा निकै चमत्कारी शक्तिहरु भएको पाइएको बैज्ञानिकहरुले जनाएका छन् । वैज्ञानिकहरुले यहाँको पानीमा यस्ता तत्वहरु भएको दावी गरेका छन् जसले हाम्रो शरीरलाई कैयौं रोगबाट बचाउन सक्छ ।

यो तलाउभित्र थुप्रै ‘स्पट’हरु छन् । यही कारण यसलाई स्पटेड लेक भनिन्छ । यहाँ भएका फरक फरक स्पटहरुमा फरक फरक खुबी भएको बताइएको छ । यहाँका कुनै स्पटको पानी छालासम्बन्ध समस्या समाधानको लागि उपयोगी हुन्छ भने अर्को स्पटको पानीमा हरीर र हाडजोर्नीको दुखाइ हटाउने क्षमता छ । रिपोर्टका अनुसार यो तलाउमा यति धेरै सल्फेट छ त्यति सल्फेट पृथ्वीमा अन्यत्र कहीँ पनि छैन । वैज्ञानिकहरुले ‘द साइन्स’ च्यानललाई दिएको अन्तरवार्तामा भनेका छन् ‘यो तलाउ हेर्दा लाग्छ यहाँ मंगल ग्रहको एक टुक्रा खसेको थियो ।’ मंगल ग्रहसँग मेल खाने यो तलाउबाट बैज्ञानिकहरुले थुप्रै रहस्य सुल्झाउने अपेक्षा गरेका छन् । उनीहरुले यो तलाउमा अनुसन्धान गरेर मंगल ग्रहमा जीवनको खोजीमा पनि सहयोग मिल्ने अपेक्षा गरेका छन् ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NAYA NEPAL
Distributed By My Blogger Themes | Template Design By BTDesigner