Saturday, November 4, 2017

जीवनकै अन्तिम बन्यो यो सेल्फी, लगत्तै गयो ४ जनाको ज्यान

Apeal shrestha | November 04, 2017 |
खुसीसाथ सेल्फी लिइरहेका यी युवाहरुलाई सेल्फी लिने बेलासम्म थाहा थिएन यो उनीहरुको जीवनकै अन्तिम सेल्फी बन्नेछ । तर, सेल्फी लिएलगत्तै यीमध्ये चार जनाको ज्यान गएको छ । बसको छतमा बसेर सेल्फी लिइरहेका यी यात्रुमध्ये ४ जनाको बस दुर्घटनामा परेर ज्यान गएको हो ।
यो सेल्फी लिएको झण्डै ८ मिनेटपछि दुर्घटना भएको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतको हरियाणाको यमुनानगरमा भइरहेको कपालमोचन मेलाको अन्तिम दिन दर्शन गरेर फर्किएका श्रद्धालुहहरु चढेको ब दुर्घटना भएको हो । बसमा २८ यात्रु थिए । तीमध्ये ११ जना छतमा सवार रहेको बताइएको छ । फर्कंदै गर्दा छतमा रहेका चरणजीत सिंह नामका यात्रुले यो सेल्फी लिएका थिए । दुर्घटनामा २० यात्रु घाइते भएको बताइएको छ ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NAYA NEPAL
Distributed By My Blogger Themes | Template Design By BTDesigner