Wednesday, November 1, 2017

अमेरिकामा रहेकी नायिका जल शाहले छोरी कलशको तस्विर फेसबुकमा शेयर गर्दै आशीर्वाद मागेपछि,

Apeal shrestha | November 01, 2017 |
काठमाडौं । कुनै बेलाकी सर्वाधिक अभिनेत्री हुन् जल शाह । वैबाहिक बन्धनमा बाँधिए लगत्तै अमेरिका पलायन भएकी जल त्यसपछि चलचित्रमा फर्किनन् । तर पनि उनले आफ्ना फयानहरूका लागि सामाजिक सञ्जालमार्फत आफ्ना गतिविधि अपडेट गराइरहेकी हुन्छिन् ।नायिका जल शाहले आफ्नी छोरी कलशको तस्विर फेसबुकमा शेयर गर्दै भनिन् ‘तपाईंहरूको रिक्वेस्टलाई स्विकार्दै पहिलो पटक मेरी छोरीको तस्बिर सेयर गर्दै छु, साथै आशीर्वाद मिलोस् । जल वर्षाका थोपाथोपा नदीको कलरव ध्वनि, गति र सागरको विशालता कलशमा समाहित । जलको कलश ।’ जलको छोरीको नाम कलश हो ।

केही महिनाअघिको आफ्नो फेसबुक पेजमा छोरीको फोटो अपलोड गरेकी थिइन्, जसमा उनले आफ्नो स्टाटसमा ‘कलश’ को शाब्दिक अर्थसमेत खुलाएर लेखेकी छन् । परम्परागत पहिरन लगाएकी छोरीको यो तस्बिरमा हजारौंले लाइक गरेका छन् ।

जल शाहका श्रीमान पनि व्यवसायि नै हुन् । अमेरिकामा बसोबास गर्दै आएका सरदकुमार रिजालसँग विवाह गरेपछि जल अमेरिकामै बस्दै आएकी छिन् । लामो समय सिनेमा र मिडियाबाट टाढा भएकी जल पछिल्लो समय भने सार्वजनिक कार्यक्रमहरुमा पनि देखा पर्न थालेकी छिन् । जल अमेरिकामै च्यारिटी शोहरु पनि गर्छिन् । सिनेमा ‘अवतार’बाट डेब्यु गरेकी जलले त्यसपछि, ठूल्दाई, नेपाली बाबु, बादलपारी लगायतका सिनेमामा काम गरेकी छिन् ।



.
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NAYA NEPAL
Distributed By My Blogger Themes | Template Design By BTDesigner