Monday, November 13, 2017
Browse » Home » » पिताको मृत्युमा छोरीहरुले मनाए उत्सव, यसकारण नाच्दै निकालियो शवयात्रा
पिताको मृत्युमा छोरीहरुले मनाए उत्सव, यसकारण नाच्दै निकालियो शवयात्रा
Apeal shrestha | November 13, 2017 |
कसैको मृत्युमा पूरै घरमा शोकको माहोल हुन्छ । तर, सबैलाई आश्चर्यचकित पार्दै एक उद्योगपतिको अन्तिम यात्रामा भने उनका छोरीहरुले उत्सव मनाए । धुमधामसँग ब्याण्ड बाजासहित उनको शवयात्रा निकालियो । शवयात्रामा ४ छोरीहरुले मचाले नाचेर उत्सव मनाए । उनीहरुले धुमधामका साथ पिताको शवयात्रा लिएर श्मशानतर्फ जाँदा देख्नेहरु सबै चकित परेका थिएभारतको नयाँ दिल्लीनजिकै नोएडामा यहाँका उद्योगपति तथा नोएडा इन्टरप्रेनर्स एसोसिएसनका पूर्व अध्यक्ष हरिभाइ लालवानीको बिहीबार मृत्यु भएको थियो । ब्रेनस्ट्रोकका कारण गम्भीर अवस्थामा अस्पताल भनाइ गरिएका लालवानीको अस्पतालमै मृत्यु भएको थियो ।शनिबार उनको अन्तिम संस्कार गरिएको हो । लालवानीकी जेठी जोरी अनिताका अनुसार उनको मृत्युमा गरिएको उत्सव मृतक लालवानीकै इच्छा थियो । लालवानीले जसरी बच्चा जन्मिँदा उत्सव मनाइन्छ त्यसरी नै उनको मृत्युमा पनि उत्सव होस् भन्ने चाहन्थे । उनको सोच थियो ‘मृत्यु पनि निकै सुन्दर हुन्छ होला जसलाई पाउनको लागि जिन्दगी गुमाउनुपर्छ ।’ लालवानीले यति सुन्दर मृत्यु पाउँदाको यो सफर यो संसारमा उनको अन्तिम उत्सवको रुपमा मनाइयोस् भन्ने चाहना राखेका कारण आफूहरुले यस्तो उत्सव गरेको अनिताले बताएकी छिन् ।
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment