Monday, November 6, 2017

बाहुबली नायीका अनुष्काले दिईन आफ्नो ड्राइृभरलाई कार उपहार

Apeal shrestha | November 06, 2017 |
बहु चर्चित बाहुबली फिल्ममा देवसेनाको भूमिकामा देखीएकी नायिका अनुष्का सेट्टी जति शुन्दरताकी धनी छन् त्यो भन्दा बढी उनी मनकी धनी छन् भन्दा फरक नपर्ने देखीएको छ ।दक्षिण भारतीय अभिनेत्री अनुष्का सेट्टी नोभेम्बर ७ बाट ३६ वर्ष लाग्दैछिन् यसै मोका पारेर हालै उनले आफ्नो एक ड्राइृभरलाइ १२ लाख मूल्य बराबरको नयाँ कार उपहार दिएकी छन्।

अनुष्का सन् १९८१ मा बैंगलोरमा जन्मिएकी हुन् उनको वास्तवीक नाम स्विटी हो। पछि उनले आफ्नो नाम परिवर्तन गरिन्।

दिलदार अनुष्कासँग करिब १४० करोड भारतीय रूपयाँ बराबरको सम्पति रहेको छ। उनीसँग हैदराबादको जुब्ली हिल्समा रहेको उड्स अपार्टमेन्टमा आलिसान घर छ। उनले प्रतिफिल्म करिब ४ देखि ५ करोड भारू पारिश्रमिक बुझ्ने गरेकी छन्। उनी विलासी गाडीकी सौखिन पनि हुन्। उनीसँग महँगा कारहरूको संग्रह नै छ। यसमा बिएमडब्लु ६, अडी ए ६, अडी क्यू ५ तथा टोयटा कोरला जस्ता गाडीहरू पर्छन्।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NAYA NEPAL
Distributed By My Blogger Themes | Template Design By BTDesigner