Wednesday, February 21, 2018
खानेपानीको धारामा 'रगत' आएपछि... (भिडियो रिपोर्ट)
Apeal shrestha | February 21, 2018 |
Be the first to comment!
Tuesday, February 20, 2018
'गुन्डा नाइके' मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए
Apeal shrestha | February 20, 2018 |
Be the first to comment!
फाल्गुन ९, २०७४ -विभिन्न व्यक्तिको हत्या अभियोग लागेका रुपन्देही देवदहका मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा मारिएका छन् । देवदह नगरपालिका–४ भवानीपुरमा विहान प्रहरीमाथि गोली चलाएपछि जवाफी कारवाहीमा गुन्डा नाइके भनिने पुन र उनका सहयोगी सोम आलेको मृत्यु भएको रुपन्देहीका एसपी श्याम ज्ञवालीले जानकारी दिनुभयो ।प्रहरीको गोली लागेर घाइते भएका उनीहरुलाई लुम्बिनी अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । भवानीपुरमा आपराधिक गतिविधि गरिरहेको भन्ने प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीको सूचनाको आधारमा प्रहरी विहान करिब साढे ३ बजेतिर त्यहाँ पुगेको थियो । प्रहरीको मोस्टवान्टेड सूचीमा रहेका कुख्यात पुन विरुद्ध प्रहरीले रेडकर्नर नोटिश समेत जारी गरेको थियो । पुनले गत बर्ष युवा संघ रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारी र गत पुषमा भएको फर्निचर व्यापारी बसन्त पौडेलको हत्याको जिम्मा लिएका थिए । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि उनकै संलग्नता रहेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान जारी राखेको थियो । एसपी ज्ञवालीका अनुसार पुन कुनै गम्भीर अपराध गर्नका लागि नेपाल आएको सूचना प्रहरीले पाएको थियो । भारतको गोवा, पुने, मलेसिया लगायतका स्थानमा बसेर नेपाली व्यापारीलाई धम्काउँदै रकम असुल्ने तथा हत्या गर्ने काममा पुनको संलग्नता रहँदै आएको प्रहरीले जनाएको छ । ३० बर्षीय पुन नेकपा एमालेको ‘युथ फोर्स’ गठन भएको केही समयपछि नै युथ फोर्स रुपन्देही क्षेत्र नम्बर–१ का कोषाध्यक्ष समेत भएका थिए ।
read more...
Sunday, February 18, 2018
'कान्छी' मा दिपाले स्व.श्रीकृष्ण देखिन (भिडियो)
Apeal shrestha | February 18, 2018 |
Be the first to comment!
अन्तत: पल र आँचलको 'बिहे' (भिडियो)
Apeal shrestha | February 18, 2018 |
Be the first to comment!
Saturday, February 3, 2018
भारतका चर्चित ८ नायिका जाे याैन धन्दामा रंगेहात समातिए (भिडियो रिपोर्ट)
Apeal shrestha | February 03, 2018 |
Be the first to comment!
Wednesday, January 31, 2018
डा. गोविन्द केसीले भने – माफिया डन गोपाल पराजुली हत्यारा हुन् (भिडियोसहित)
Apeal shrestha | January 31, 2018 |
Be the first to comment!
१७ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली अपराधी र ‘हत्यारा’ भएको टिप्पणी गरेका छन् ।
सत्याग्रही डा. केसीले पछिल्लो समय प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै आएका छन् । उनीविरुद्ध परेको मानहानीको मुद्दा सर्वोच्चमा विचाराधीन छ । त्यही मुद्दामा आफ्नो पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको भन्दै डा. केसीले प्रधानन्यायाधीश पराजुली हत्यारा भएको आरोप लगाएका हुन्
बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्राङ्गणबाट डा. केसीले भने- ‘विद्वान अधिवक्ता सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको छ । कसले ? त्यो अपराधी, भ्रष्ट, माफिया, डनको नाइके गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको छ । त्यस्तो मान्छे प्रधानन्यायाधीश हुनसक्छ ? के गरी बस्छ त्यो कुर्सीमा ?’
डा. केसीले अगाडि भने, ‘मर्डरर हो यो । प्रधानन्यायाधीश हत्यारा हो हत्यारा … ।’
पराजुलीविरुद्ध चर्को आक्रोश पोखेका डा. केसीले अदालतको भने सम्मान गर्ने बताए ।
सही रुपमा न्यायसम्पादन गर्नेहरुको सम्मान गर्ने भन्दै डा. केसीले भने, ‘तर, न्याय विक्री गर्ने र हत्यारा, माफिया र डन प्रधानन्यायाधीश जबसम्म पदमा रहिराख्छन्, त्यसबेला अदालतले कुनै फैसला गर्छ भने मलाई मान्य हुँदैन । कुन आधारमा भन्ने निश्पक्ष फैसला हुन्छ ?
माफियाको पक्षमा एकपछि अर्को फैसला गरेको भन्दै उनले प्रधानन्यायाधीश पराजुली ‘माफिया किङ’ भएको बताए । पछिल्लो पटक आईओएमका डीनमा शशी शर्मालाई चार दिनका लागि पुनर्वहाली गर्नु त्यसको प्रमाण भएको उनले दाबी गरे ।
त्रिवि उपकुलपति तीर्थराज खनियाँ पनि भ्रष्ट र माफिया भएको भन्दै उनले भने, ‘उनीहरुले मिलेर आधिकारिक डिनलाई काम गर्न नदिएर अलपत्र पारेका छन् ।’
यसमा पूर्वमहान्यायाधिवक्ता एवं अधिवक्ता रमन श्रेष्ठ पनि मिलेको डा. केसीको आरोप छ ।
पार्टीका नेताहरु बोलेकै खै ?
डा. केसीले पराजुलीबारे मौन बसेको भन्दै प्रमुख दलका नेताहरुमाथि समेत प्रश्न उठाए । प्रमुख दलहरु लुटतन्त्रमा रमाएको र उनीहरुले पराजुलीलाई भरथेग गरेको केसीको आरोप छ ।
डा. केसीले भने, ‘लोकतन्त्र होइन, अहिले राजनीतिक नेतृत्व, प्रधानन्यायाधीश सबैले लुटतन्त्र मच्चाएका छन् ।’
त्रिवि चिकित्सा अध्ययन संस्थान दक्षिण एसियाकै राम्रो संस्थान रहेको भए पनि राजनीतिक कार्यकर्ताको जागिर खाने थलो बनेपछि धरासायी भएको बताए

Sunday, January 28, 2018
गाउँपालिकाले दियो विदेशिने युवालाई गाउँमै रोजगार, मासिक २४ हजार तलव
Apeal shrestha | January 28, 2018 |
Be the first to comment!
१४ माघ, कालीकोट । जिल्लाको पलाँता गाउँपालिकाले युवाहरुलाई विदेशिनबाट रोक्न युवामैत्री नीति तथा कार्यक्रम ल्याएको छ ।
युवाहरु खाडीमुलुक जानु पर्ने समस्याबाट उन्मुक्ति दिन बिभिन्न् युवा लक्षित कार्यक्रम बनाएर गाउँपालिकाले युवाहरुलाई रोजगार दिन सुरु गरेको हो ।
स्थानीय तहमा जनप्रतिनिधि आएसँगै युवाहरु आफ्नो गाउँ आफै बनाउँ, युवाहरु बिकासमा र युवा स्वरोजगार जस्ता कार्यक्रम सञ्चालन भएका छन् ।
गाउँपालिका भित्रका भौतिक पूर्वाधारका कामहरुमा युवाहरुलाई संगठित रुपमै लगाउने जिम्मा गाउँपालिकाले लिएको छ ।
गाउँपालिकाले निर्माणका लागि युवा कार्यदल तयार गरेको छ । गाउँमा कार्यदलले उपभोक्ता समितिसँग मिलेर स्थानीय सडक निर्माणका कार्यहरु गर्ने गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले जानकारी दिए ।
दक्ष जनशक्ति बाहिरिने र विकासका कार्यमा बाधा आइपर्ने समस्याको अन्त्यका लागि स्थानीय सडक निर्माणमा कार्यदल गठन गरिएको अध्यक्ष बमको भनाइ छ ।
पलाँता सुख्खा खडेरीग्रस्त क्षेत्र हो । यहाँका युवाहरु ६ महिना भारत बसेर ६ महिना मात्रै घरमा बस्ने गर्छन् । अब यो समस्या हट्ने अध्यक्ष बमले दावी गरे ।
गाउँपालिकाले पहिलो चरणमा १०० युवाहरुलाई डेढ लाखको बीमासहित छुट्टै पोसाक दिएर पहिचानसहित काममा लगाउने तयारी गरेको छ ।
उनीहरुले दैनिक ८ घण्टा काम गरे बाफत ८ सयका दरले महिनामा २४ हजार नियमित पाउने छन् ।
सामूहिक बिकासको अबधारणा अनुसार युवालाई बिकासमा लगाउने उद्देश्यका साथ भौतिक पूर्वाधार निमार्ण गर्न युवा कार्यदल गठन गरिएको गाउँपालिकाका कार्यकारी अधिकृत लेखबहाुर क्षेत्रीले जानकारी दिए ।
कार्यदलका सदस्यले महिनामा तीन दिन सरसफाइ, तीन दिन सामाजिक कार्य र २४ दिन निर्माण कार्य गर्ने गरेका छन् ।
पुस महिनाको २४ हजार तलब कार्यदलका सदस्यहरुले पाइसकेको कार्यकारी क्षेत्रीले बताए ।कार्यदलका सदस्यहरुले समाजिक लगानी कोष बाफत महिनामा २ हजार जम्मा गर्ने छन् । साथै वर्षमा २४ लाख कामका लागि युवा सहकारीका नाममा जम्मा हुने छ ।
उक्त रकमले युवाहरुको सम्बृद्धिको काम र बिपद् जोखिम् न्यूनिकणमा खर्च गरिने छ ।
कार्यदलका सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धित सडक निर्माण आयोजनामा नै ब्यवस्था गर्ने सहमति भएको अध्यक्ष बमले बताए ।
विदेशिने युवाहरुलाई रोजगारी दिएर स्थानीय विकास निर्माण प्रक्रियामा सहयोग पुर्याएको त्यहाँका युवाहरुले प्रतिक्रिया दिएका छन्
स्थानीय सरकारले सहजै रोजगारी प्राप्त हुने गरी युवा लक्षित कार्यक्रम ल्याएपछि युवाहरु उत्साहित भएको कार्यदलका सदस्य पूर्णबहादुर बमले बताए ।
पलाँताका प्रत्येक वडा बाट दश-दश जना र गाउँपालिका अध्यक्षको सिफारिसमा दश जना गरी एक सय जनाको कार्यदल निर्माण गरिएको छ ।
उनीहरुलाई कुन दिन के काम दिने भनेर गाउँपालिकामा छलफल हुने र सोही अनुसार काममा लगाउने गरिएको अध्यक्ष बमले बताए ।
‘ बिकासका लागि सक्षम मानिएको युवा शक्ति बिदेश पलाएन हुने आफ्नो ठाउँको बिकासका लागि कामदार पाइएन भन्दै डोजर मालिकलाई पोस्ने काम गाउँपालिकाले गर्दैन,’तिनै बेरोजगार युवाहरुलाई रोजगार दिन गाउँपालिकाले यो वर्षका लागि एक करोड ८० लाख बजेट बिनियोजन गरेको छ।’

Subscribe to:
Comments (Atom)